आर्थिक

सगरमाथा इन्स्योरेन्सको २१ औं वार्षिक साधारणसभा सम्पन्न

काठमाण्डौ । सगरमाथा इन्स्योरेन्सले आफ्नो २१ औं वार्षिक साधारणसभा गत शुक्रबार सम्पन्न गरेको छ । कम्पनीका अध्यक्ष राम कृष्ण मान्धरको अध्यक्षतामा पाली ब्याङक्वेट, भाटभटेनीमा सम्पन्न भएको छ ।

सभामा वार्षिक प्रतिवेदन पेश गर्दै अध्यक्ष मानन्धरले २०७३–०७४ मा कम्पनीले अघिल्लो आवको तुलनामा २६.७० प्रतिशतले व्यवसाय वृद्धि भई एक अर्ब ९० लाख ८५ हजार आर्जन गरी खूद नाफा २७ करोड ६२ लाख आर्जन गर्न सफल भएको छ । अघिल्लो आवको तुलनामा ३३.५९ प्रतिशतले मुनाफा वृद्धि गर्न सफल भएको छ ।

चालू आव ०७३–०७४ को पौष २० गते सम्म कमपनीले ८१ करोड ८८ लाख विमा प्रिमियम संकलन भइसकेकाले लक्षित प्रिमियम हासिल गर्न सफल हुने जानकारी गराए । कम्पनीको कूल लगानी १ सय ३० करोड भन्दा बढी रहेको र आथिएक अवस्था अत्यन्त मजथबुत हुँदै गएकोमा शेयरधनीबाट प्रशंनीय सह्राना व्यक्त गरे ।

कम्पनीकामा मोटर विमा गराएका ग्राहकवर्गलाई छिटो छरितो सेवा उपलब्ध गराउने उदेश्यले ०७३ श्रावण २५ गते देखि सञ्चालनमा ल्याएको ‘सगरमाथा भिआईपी अन दि स्पोट’ योजनाबाट मोटर बिमा अन्तर्गत पर्ने दाबीमा तत्काल दाबी फछ्र्यौट गरिएको हुँदा बिमितहरुमा कम्पनी प्रतिको विश्वास बढेको उनले जानकारी दिए ।

कम्पनीको हाल चुक्ता पूँजी ५३ करोड ८२ लाख रहेकोमा समितिबाट चालु आर्थिक वर्ष ०७४–०७५ को आषाढ मसान्तसम्म चुक्तपूँजी १ अर्ब पुर्याउन निर्देशन प्राप्त भएको र वितरण योग्य मूनाफा १६करोड ५३ लाख ९० हजार बासलातमा सारेको जानकारी दिए ।

कम्पनीले प्रधान कार्यालय सहित ४३ वटा शाखा-उपशाखा ताथा ५ वटा एक्सटेन्सन कार्यालयहरुबा६ वीमा सेवा उपलब्ध गराउदै आएको उनले जानकारी गराए ।