पु.समाचार

सोलुमा माईनस १० डिग्री तापक्रम, धारामा पानी जम्यो !

काठमाण्डौ । शनिबार मुलुकका अधिकाँस स्थानमा जाडो बढेको छ । पुर्बी पहाडी जिल्ला सोलुखुम्बूमा धाराबाट पानी सम्म नआएको सोनुखुम्बूका प्रमुख जिल्ला अधिकारी सुनील खनालले बताएका छन् ।
खनालका अनुसार तापक्रम याकिन नभएपनि जनजिबन ज्यादै प्रभाबित भएको र दिउसो हुंदै गएपछि सामान्यीकरणतर्फ गएको बताएका छन् ।
यसैबीच गूगलमा सर्च गर्दा सोलुखुम्बूको तापक्रम माईनास १० देखाएको छ नि भन्दा त्यति साह्रो भने नभएको उनले सुर्यखबरलाई जानकारी दिए । तराईका अधिकाँस स्थानमा चिसोका कारण स्थानीय प्रशासनले स्कुल समेत बिदा दिएको छ । अझै केहि दिनसम्म चिसोले सताउने सम्बाबना रहेको जल तथा मौसम बिज्ञान बिभागले जनाएको छ ।
सोलुको सल्लेरीमा भने माइनस ८ डिग्री देखाएको छ । बिराटनगर, ईटहरी, ईनरुवा, बिर्तामोड, दमकमा १९ डिग्री देखाएको छ भने धरानमा १५ डिग्रीय देखाएको छ । धनगढी, सुर्खेत, बुटबल, दाङ, भरतपुरमा १३ डीग्री देखाएको छ । गूगलमा देखाएको सत्य नभएको सोलुका प्रजिअको दाबी छ । डोल्पामा भने माईनस ४ डिग्री देखाएको छ । तपाई सबैले गूगलमा आफ्नो ठाँउको तापक्रम कति छ भनेर चेक गर्न सक्नुहुनेछ ।