मनोरञ्जन

सञ्जय दत्तको आमा बन्न मनिसा कोइरालाले यो के गरिन ?

एजेन्सी । मनिषा कोइराला केही दिनअघि नेपालकै क्रिकेट मैदानमा देखिएकी थिइन् । संभवत फिल्म छायांकन सकाएर पारिवारिक विश्रामका लागि उनी नेपाल आएकी हुन् । त्यसअघि उनले फिल्म छायांकन गरिरहेको अवस्थाका तस्विरहरु आफ्नो इन्स्टाग्राममा अपलोड गरेकी थिइन् ।

यतिबेला मनिषाको करियर तंग्रिएको छ । बिवाह, ब्रेकअप, त्यसपछि क्यान्सर । यस्ता अनेकन चरणबाट गुज्रिदै आएकी मनिषा सफल उपचारपछि धर्मकर्ममा बढी सक्रिय हुन थालेकी थिइन् । त्यसबीचमा उनले बलिउडका केहि फिल्म पनि गरिन् । यद्यपी नायिकाको रुपमा होइन, आमाको भूमिकामा ।

अहिले भने उनी राजकुमार हिरानीको फिल्ममा पनि आमाकै भूमिकामा देखिदैछन् । ‘मुन्ना भाई एमबिबिएस’, ‘थ्रि इडियट्स’, ‘पिके’ जस्ता ब्लकबस्टर फिल्म दिएका राजकुमार यतिबेला सञ्जय दत्तको बायोपिक बनाउँदैछन् । उक्त फिल्ममा मनिषाले सञ्जयको आमा अर्थात नर्गिस दत्त भएर अभिनय गर्दैछिन् ।

संजय दत्तको जीवन आफैमा रोमाञ्चक छ । अभिनेत्री आमा र अभिनेता तथा फिल्म निर्माता, निर्देशक तथा अभिनेता बुवाका यी छोराले जीवनमा अनेक उतार-चढाव भोगिन् । जेल जीवन विताए । उनकै जीवनमा आधारित फिल्ममा मनिषा कोइराला नर्गिसको भूमिकामा देखिदैछन् । सञ्जय दत्तको भूमिका भने रणवीर कपुरले निर्वाह गर्दैछन् ।