मनोरञ्जन

चर्चित गायक रमेश कडरियाको दोस्रो म्युजिक भिडियो ‘ब्रेकफेल’ बजारमा

काठमाण्डौ । रमेश अन्जान कडरियाको पहिलो एल्बम ‘स्‍मृति किरण’ बाट पहिलो म्यूजिक भिडियोसहित भर्खरै ‘ब्रेकफेल’ बोलको गीत सार्वजनिक भएको छ ।

यस गीतमा लम्जुङ्गे स्रस्टा गीतकार किरण बराल र संगीतकार रमेश कडरिया तथा संगीत संयोजन चर्चित संगीतकार तथा संगीत सम्योजक आशिष अबिरलको रहेको छ । झापाका नव गायक आफ्नो गायन कला सँगै मोडलिङमा पनि देखिएका छन् । भिडियोलाई कोरियोग्राफी एभरेष्ट गाइज र मोड्लिङमा रमेश अन्जानलाई डिम्पलले साथ दिएकी छिन् ।

अर्जुन सापकोटाको क्यामेरा र अर्जुन पोखरेलको सम्पादन तथा सुन्दर लावोतीको निर्देशनमा ईन्डियाको मिरिक र झापाका बिभिन्न स्थानमा छायाङ्कन गरेकोले पनि गीत निकै मिठो बनेको प्रतिकृया गीतका स्रस्टाहरुको भनाइ छ । युवतीको सुन्दरताको चर्चा परिचर्चा गरिएको सुन्दर गीतले बजारमा आफ्नो स्थान बनाउनलाई केही सहयोग गर्ने गीतकारको दाबी छ । यस गीतलाई कडरिया इन्टरटेनमेन्टले बजार व्यवस्थापन गरेको छ ।

कृष्णप्रसाद सिटौलाको निलकाँडा एल्बमको भुल्न खोजें गीतबाट गायन क्षेत्रमा प्रवेश गरेका सुमधुर स्वरका धनी अन्जान रमेशले सांगितिक क्षेत्रमा छुट्टै स्थान बनाउँदै लगेका छन् ।

यस्तो छ गीतको भिडियो