पु.समाचार

व्यवसायी वसन्त पौडेलको हत्याको विरोधमा आज रुपन्देही बन्द

रुपन्देही । युवा व्यवसायी वसन्त पौडेलको हत्याको विरोधमा आज रुपन्देही बन्द गरिएको छ । युवा संघ तथा अनेरास्ववीयु रुपन्देहीले हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै अनिश्चितकालिन रुपन्देही बन्दको आहवान गरेका हुन् ।

युवा व्यवसायी वसन्त पौडेलको हत्याको विरोधमाशनिबार रुपन्देही बन्द गरिएको छ ।

युवा संघ तथा अनेरास्ववीयु रुपन्देहीले हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै अनिश्चितकालिन रुपन्देही बन्दको आहवान गरेका हुन् । बन्दका कारण पूर्वपश्चिम महेन्द्र राजमार्ग तथा उत्तरदक्षिण सिद्धार्थ राजमार्ग ठप्प छ ।

चोक चोकमा बसेर अवरोध गरेपछि भित्री सडकमा पनि सवारीका साधन चलेका छैनन् । बजार पसल तथा औद्योगिक प्रतिष्ठानसमेत खुलेका छैनन् । बन्दको प्रभाव बुटवल, देवदह, खैरेनी लगायतका स्थानका धेरै छ ।

हत्यामा संलग्नलाई पक्राउ नगर्दासम्म बन्द जारी राख्ने युवासंघ रुपन्देहीका अध्यक्ष नकुल शाहीले बताए । प्रहरी प्रशासनको कमजोरीका कारण युवा संघका जिल्ला अध्यक्ष दुर्गा तिवारीलाई गोली हानी हत्या भएको एक वर्षपछि फेरि अर्का युवाको हत्या भएको युवासंघको दाबी छ ।

रुपन्देहीमा यस्तै जिल्लामा क्रियाशिल राजनीतिक दल, व्यवसायीक संघसस्था र नागरिक समाजले समेत पौडेल हत्याको विरोधमा विज्ञप्ती निकाली हत्याको निन्दा गरेका छन् । साथै आरोपिलाई पक्राउ गरी सर्वसाधरणलाई सुरक्षाको अनुभूति दिलाउन समेत आग्रह गरेका छन् ।