आर्थिक

एनआईसी एशियाले गुणस्तरमा पायो नयाँ रेटिङ्ग

काठमाण्डौ । एनआईसी एशिया बैंकको सहायक कम्पनी एनआई सी एशिया क्यापिटलले १ अर्व रुपैयाँ बराबरको सामुहिक लगानी कोष निष्काशन गर्नेभएको छ । ७ बर्षे बन्दमुखी योजना रहेको एनआइ सी एशिया ग्रोथ फण्डलाई धितोपत्रबोर्डबाट एक हप्ता अगाडि निष्काशन गर्नकालागि अनुमतीप्राप्तगरि माघ २ गतेदेखि सर्वसाधारणमा ईकाइ बिक्रीगर्न लागिएको छ । क्रेडिट रेटिङ्ग एजेन्सी ईक्रा नेपालले यस क्यापिटललाई [ICRANP-IR] AMC Quality 3 (AMC3)” तथा एनआई सी एशिया बैंकलाई {“[ICRANP – IR] A-” गुणस्तर रेटिङ्ग प्रदान गरेको छ ।
एनआइ सीएशियाग्रोथ फण्डले रु १ अर्ब बराबरको रु १० अंकितमूल्य दरका १० करोड ईकाइ सर्व–साधारणमा बिक्रीगर्न लागिएको छ । मागभन्दा बढी आवेदन परेको खण्डमा यो योजनको आकार १ अर्ब पच्चीस करोड रुपैंया सम्म पु¥याउन सकिनेछ । म्युच्युअल फण्ड भएका कारण कोषमार्फत संकलित रकम धितोपत्र नियमावलीको अधिनमा रहिविभिन्न क्षेत्रमा लगानी गरिनेछ ।

उक्त ईकाइहरु नेपाल स्टक एक्सचेन्ज लिमिटेड तथा सिडिएस एण्ड क्लियरिङ्गमा सूचिकरण गराई धितोपत्रको दोश्रो बजारमा कारोवार गर्ने व्यवस्था मिलाइनेछ । कोषको लगानीको नाफाबाट लगानीकर्ताहरुले वार्षिक प्रतिफल पाउने छन् भने दोस्रो बजारमाहुने मुल्य परिवर्तनबाट पनिलगानीकर्ताले लाभलिन सक्ने छन् । कोष परिपक्व हुने समयमा लगानीकर्ताले वार्षिक प्रतिफल पाउने छन् भने दोस्रो बजारमाहुने मुल्य परिवर्तनबाट पनिलगानीकर्ताले लाभलिन सक्ने एनआइसी एशिया क्यापीटलका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिशाल बताउछन् । कोष परिपक्वहुने समयमा लगानीकर्ताले कम्पनीको खुद सम्पत्तिका आधारमा आफ्नो लगानी फिर्ता पाउने छन् ।

सेयर बजारको विषयमापर्याप्त ज्ञान नभएका नवप्रवेशी लगानीकर्ताकालागि मात्रनभई लगानीमा विविधता चाहने अनुभवी लगानीकर्ताका लागिपनि सामुहिक लगानी कोष एक राम्रो विकल्पहुन सक्छ । विशेषज्ञद्वारा सञ्चालित लगानीमा विविधता, सानो रकमबाट लगानीगर्न सकिने जस्ता विविध विशेषताहरुका कारण सामुहिक लगानि कोषको आकर्षण बढ्दो छ ।