मनोरञ्जन

“बैगुनीलाई सम्झी रुने दिन ” सार्वजनिक

विराटनगर । नेपाली साँगीतिक क्षेत्रमा क्रियाशिल सुमन विरहीको उत्कृत्ट शब्द सिर्जनामा बास्तविक भोगाईमा आधारित नयाँ गित “बैगुनीलाई सम्झी” रुने दिन बजारमा आएको छ । मार्मिक मौलिक मर्मस्पसि भावहरु गितमा रहेको छ । मनका सपनाहरु बोकेर पराइको देशमा आफनो श्रम बेचिरहेका नेपाली श्रमिकहरुको कथा गितमा समेटिएको छ ।धन कमाउने आशामा आफना परिवारका सदस्यलाई छोडेर जानुको पिडा आफैमा रहेको छ । “बैगुनीलाई सम्झी”गितमा दिनेश दाहाल क्षेत्री धमेन्द्रको सुमधुर आवाज रहेको छ ।

राजन ठकुरीको संगितमा रहेको गितमा नारायण , अवतार र दिविसाको अभिनय रहेको छ । आफनी प्राण आमालाई त्यागेर अर्कैको घरमा गएकी आफनी मायालु माझँमा आफनो भेट नहोस भन्ने कामना गायकले गरेका छन । सागर गौतमको छायाँकन , सुमन बैरागीको निर्देशनमा रहेको भिडियोलाई दिशन शाहले सम्पादन गरेका हुन् ।