खेलकुद

सर्वाधिक राशीको खप्तड गोल्डकप

धनगढी । सर्वाधिक राशीको नेपाल आईस सुदुरपश्चिम खप्तड गोल्डकप शुक्रबारदेखी धनगढीमा सुरु भएको छ । प्रतियोगीतामा आयोजक सुदुरपश्चिम ११ ले विजयी सुरुवात गरेको छ । प्रतियोगीताको उद्धघाटन खेलमा काठमाण्डौको ए डिभिजन क्लव च्यासल युथ क्लवलाई पेनाल्टी सुट आउटमा पराजती गर्दै आयोजकले विजयी सुरुवात गरेको हो । आयोजकले च्यासल युवा क्लवलाई पेनाल्टी सुट आउटमा ५–४ ले पराजीत गरेको हो । बाई पाएर क्वाटरफाईनलमा पुगेको आयोजक टिम आजको जितसंगै सेमीफाईनलमा प्रवेश गरेको छ ।

निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो । दोश्रो हाफको २६ औ मिनेटमा च्यासल युवा क्लवका विदेशी खेलाडी सेगुनले गोल गर्दै अग्रता दिलाएका थिए । च्यासलको त्यो अग्रता १५ मिनेट मात्रै टिकेको थियो । दोश्रो हाफको ४० औँ मिनेटमा सुदुरपश्चिम ११ स्पोर्टस क्लवका विनोद केसीले गोल गर्दै खेलाई बराबरीमा ल्याएका थिए । केसीले खेल ससकिन ५ मिनेट अगाडी गरेको गोलले १–१ को बराबरी भएपछि खेलको नतिजा पेनाल्टी सुटआउट मार्फत निकालिएको हो ।

पेनाल्टी सुटआउटमा च्यासल क्लवबाट गोल हान्न आएका सुमन लामाको प्रहारलाई सुदुरपश्चिम ११ स्पोर्टस क्लवका किपर जिवन भट्टराईले रोकेपछि आयोजक जित सहित सेमीफाईनलमा प्रवेश गरेको हो । सुदुरपश्चिम स्पोर्टस क्लवका नियमित गोलकिपर अमानत शेख घाईते भएपछि प्रतियोगीताको पहिलो हाफमा मैदानमा प्रवेश गरेका भट्टराईले च्यासल युवा क्लवका खेलाडीले गरेका धेरै प्रहार पनि बचाएका थिए । भट्टराईले खेलको म्यान अफ द म्याच हुदै नगद १० हजार पनि प्राप्त गरेका छन् ।
खेलपछि प्रतिक्रिया दिदै सुदुरपश्चिम ११ स्पोर्टस क्लवका प्रशिक्षक ललीत चन्दले खेलाडीको तालमेल नमिल्दा पनि भाग्यले साथ दिएका कारण जित हासिल गरेको वताए । च्यासलका प्रशिक्षक राजेन्द्र तामाङले राम्रो खेल्दाखेल्दै पनि हार व्यहोर्नु परेको वताउँदै पाएका मौकाको सदुपयोग हुन नसकेको र दोस्रो हाफमा तालमेल विग्रिएको प्रतिक्रिया दिए ।
प्रतियोगिता अन्तर्गत आजको खेलमा पोखाराका सहारा क्लव र विभागीय टीम एपिएफ वीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा नेपालका र भुटानको एक गरी १२ टीमको सहभागीता रहेको छ । प्रतियोगिताको बिजेतालाई ११ लाख ११ हजार १ सय ११, उप बिजेतालाई पाँच लाख ५५ हजार ५ सय ५५ ट्रफी मेडल सहितको पुरस्कार प्रदान गरिने छ । यस्तै बिभिन्न बिधाका उत्कृष्टहरुलाई १५÷ १५ हजारका दरले र खेल अवधिभरको उत्कृष्ट एक जना खेलाडीलाई मोटरसाईकल पुरस्कार प्रदान गरिनेछ । प्रत्येक खेलका म्यान अफ दि म्याचलाई १०÷१० हजारका दरले पुरस्कार प्रदान गरिनेछ ।

यसअघि प्रतियोगीताको एक औपचारीक कार्यक्रम सहित उद्धघाटन गरीएको थियो । उद्धघाटन पुर्व धनगढी बजारमा ¥याली पनि निकालीएको थियो । कार्यक्रममा प्रमुख अतिथी प्रधानमन्त्री पत्नी पुवं सासंद आरजु राणा देउवालाई आयोजकले २१ किलाको माला समेत लगाएको थियो । सुदुरपश्चिमको विकास र समृद्धीको माग सहित २१ किलाको माला लगाईएको हो । राणाले खेल क्षेत्रको विकासका लागी लागी रहने बताउनुभयो । कार्यक्रम आयोजक सुदुरपश्चिम ११ स्पोर्टस क्लवका अध्यक्ष सुरेश हमालको अध्यक्षतामा सम्पन्न भएको थियो ।