खेलकुद

चौथो सगरमाथा अन्तराष्ट्रिय कराते पौष अन्तिम साता

काठमाण्डौ । नेपाल सितोरियो कराते संघको बार्षिक कार्यक्रम अनुसार शाखा डोजो नक्सालको १९ औं बार्षिकोत्सवको अवसरमा चौथो सगरमाथा अन्तराष्ट्रिय कराते प्रतियोगिता यही पौष २६ गते बुधबारदेखि सुरु हुने भएको छ ।

तीन संस्करण सफलतापूर्वक सम्पन्न भई सकेको प्रतियोगितामा नेपाल सहित मित्र राष्ट्र भारत, बंगलादेश, पाकिस्तान र भुटानका करिव दुई हजार खेलाडीहरुको सहभागिता रहने प्रतियोगिता संयोजक गजेन्द्र बहादुर खपाङ्गी (इश्वर)ले जनाएका छन् ।

पुरुष तर्फ जुनियर तथा क्याडेट ईभेन्टमा २३, २५, २७, ३०, ३३, ३५ र ४०, सिनियर तर्फ ४५, ५०, ५५, ६०, ६७ र ७५ केजी तथा एकल काता गरि १४ स्वर्णका लागि प्रतिस्पर्धा गराईने छ । यस्तै महिला तर्फ जुनियर तथा क्याडेटमा २३, २५, २७, ३०, ३३, ३५, ४० तथा सिनियर तर्फ ४५, ५०, ५५, ६१, ६७ मुनि र ६८ माथी तथा एकल काता गरि १४ स्वर्णका लागि खेलाडीहरुको प्रतिस्पर्धा गर्ने छन् ।

प्रत्येक बर्ष आफ्नो स्थापनको अवसर पारेर विविध कार्यक्रम गर्दै आईरहेको विभिन्न डोजो मध्येकै चर्तित नक्साल शाखा डोजोले १९ औं बार्षिकोत्सवको अवसरमा आयोजना गर्न लागिएको यस कार्यक्रम सहित १९ औं कार्यक्रम रहेको संयोजक खपाङ्गीले जानकारी गराएका छन् । दुई दिन सम्म संचालन हुने प्रतियोगिता नक्साल नारायणचौरस्थित स्टार भेन्यू पार्टीै प्यालेसमा आयोजना हुने आयोजकले जनाएका छन् ।