खेलकुद

राखेपमा नयाँ संघ दर्ता, पदाधिकारीको नामसहित

काठमाण्डौ । राष्ट्रिय खेलकुद परिषदले १९७ औं संघको रुपमा थप एक नयाँ संघ नेपाल ¥याकेटबल संघ दर्ता गरेको छ ।
राष्ट्रिय खेलकुद परिषदको मिति २०४७/०९/११ को निर्णयानुसार खेलकुद विकास नियम २०४९ को परिच्छेद ३ को नियम ७(४)(ङ) को प्रावधान अनुसार खेलकुद विकास ऐन २०४८ को दफा १५ (१) बमोजिम उक्त नयाँ संघ दर्ता गरिएको पत्रमा जनार्ईएको छ ।

कानुनविद् धनबहादुर श्रेष्ठ (बारा)को अध्यक्षतामा दर्ता भएको संघको उपाध्यक्षहरुमा मन्जु कोईराला (ललितपुर), नील प्रसाद ईटनी (धादिङ्ग), गोपाल श्रेष्ठ (रौतहट) रहेका छन् । यस्तै संघको महासचिवमा निरज सापकोटा (बारा), सचिवमा विनम्र न्यौपाने (ललितपुर) र कोषाध्यक्षमा सर्मिला सिलवाल (ललितपुर) रहेका छन् ।

यस्तै सदस्यहरुमा प्रकाश प्रसाद सापकोटा (बारा), मणी मुकुन्द न्यौपाने (गुल्मी), प्रदीप फुयाल (चितवन), विपिन प्रसाद डुम्रे (रुपन्देही), हरिशरण तिमल्सिना (मकवानपुर), उमेश बर्तोला (मकवानपुर) र राखेपका दुई प्रतिनिधी रहने छन् ।