आर्थिक

चुनिए उद्योग संघ अध्यक्षमा दुवाडी

चितवन । चितवन उद्योग संघको अध्यक्षमा भेषराज दुवाडी सर्वसम्मत चयन भएका छन् ।

संघको १८औँ वार्षिक साधारणसभा तथा नवौँ अधिवेशनअन्तर्गत बिहीबार शुरु भएको निर्वाचन प्रक्रियामा अध्यक्षमा दुवाडीको मात्रै उम्मेदवारी परेको हो । दुवाडी संघको वरिष्ठ उपाध्यक्ष थिए ।

यस्तै ६ उपाध्यक्ष, ११ खुल्ला सदस्य र तीनजना एशोसिएट्स सदस्य सर्वसम्मत चयन भएका छन् । संघको ६ जना उपाध्यक्षमा त्रिलोचन कँडेल, राजु पौडेल, सूर्यप्रसाद न्यौपाने, लक्ष्मणप्रसाद अर्याल, मदन घिमिरे र प्रतिभा श्रेष्ठ सर्वसम्मत चयन भएक छन् ।

यसैगरी खुल्ला सदस्यमा विष्णुप्रसाद पौडेल, नारायणप्रसाद सापकोटा, विक्रम सापकोटा, सुवास प्रधान, अर्जुनप्रसाद सापकोटा, गजेन्द्र अधिकारी, प्रमोद लामिछाने, दुर्गाप्रसाद भण्डारी, युगराज ओस्ती, राशि लामा र जितबहादुर हमाल सर्वसम्मत चयन भएका छन् ।

यस्तै वस्तुगततर्फ ताराबहादुर कार्की र एशोसिएट्सतर्फ गोपालप्रसाद गैरे सर्वसम्मत चयन भएको प्रमुख निर्वाचन अधिकृत अधिवक्ता गोपीलाल देवकोटाले जानकारी दिए । अब दुईजना सदस्य नयाँ कार्यसमितिले मनोनीत गर्नेछ भने निवर्तमान अध्यक्ष र कार्यकारी निर्देशक पदेन सदस्य रहने व्यवस्था छ । संघको वरिष्ठ उपाध्यक्ष गभर्निङ काउन्सिलले चयन गर्नेछ ।