स्वास्थ्य

स्वास्थ्य बीमा बोर्डमा डा. लोहनी नियुक्त

काठमाडौँ । स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा डा गुणराज लोहनी नियुक्त भएका छन् ।

स्वास्थ्य मन्त्री दीपक बोहोराले बुधबार मन्त्रिस्तरीय निर्णय गर्दै अर्को व्यवस्था नहुञ्जेलसम्मका लागि डा. लोहनीलाई निर्देशकको जिम्मेवारी दिएका हुन् ।

स्वास्थ्य बीमा ऐनमा बोर्डको कार्यकारी निर्देशक खुला प्रतिस्पर्धाबाट आउने व्यवस्था छ ।
स्वास्थ्य मन्त्रालयले खुला प्रतिस्पर्धाबाट निर्देशक नियुक्त नहुँदासम्मका लागि भन्दै मन्त्रिस्तरीय निर्णयबाट डा लोहनीलाई निर्देशकको जिम्मेवारी दिएको जनाएको छ ।

सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिको कार्यकारी निर्देशक रहेका लोहनीले स्वास्थ्य बीमा ऐन आएपछि बोर्डमा नयाँ निर्देशक नियुक्त हुनुपर्ने भन्दै साताअघि राजिनामा दिएका थिए । सरकारले गत असोज २४ गते बीमा ऐन ल्याएको थियो ।