खेलकुद

नेको होम टिम च्याम्पियन

काठमाण्डौ । नेको होमले तेक्वान्दो केयर्स च्याम्पियनसिपको उपाधि शनिबार जितेको छ । नेकाले १० स्वर्ण जित्यो ।
नेपाल तेक्वान्दो संघद्वारा आयोजित प्रतियोगितामा ६ स्वर्ण जितेको ईसीडिसी दोश्रो भयो । तेश्रो स्थानको नेपाल आराधनाले ५ स्वर्ण हात पा¥यो ।
विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष लामा टेन्डी शेर्पाले एक कार्यक्रमबीच पुरस्कृत गरे । सातदोबाटोस्थित नेपाल तेक्वान्दो एकेडेमीमा भएको प्रतियोगितामा असाहय तथा अनाथ बालवालिकालाई संरक्षण गर्दै आइरहेको विभिन्न ९ स्पर्धाका १ सय ७८ खेलाडी सहभागी थिए ।