राजनीति

काँग्रेसमा देउवापछि नेतृत्व को त ?

काठमाण्डौ । नेपाली काँग्रेसभित्र पार्टी सभापतिले राजनीनामा गरि बिशेष माहाधिवेशन बोलाउनुपर्छ भन्ने य’वा नेताहरुको माग बिस्तारै हराउन थालेको छ । काँग्रेसका ७ जना युवा नेताहरुले बिशेष माहाधिवेशन बोलाउन, माहासमिति बैठक डाक्न, माथील्लो तहका नेताहरुले राजनीतिबाट बिश्राम लिन वा सलाहाकारको भूमिकामा बस्न सल्लाह दिए पनि पछिल्ला दिनहरुमा उनीहरुको माग मत्थर हुँदै गएको छ ।

युवा नेताहरु चन्द्र भण्डारी, विश्वप्रकास शर्मा, गुरुराज घिमिरे, धनराज गुरुङ, गगन थापा, प्रदीप पौडेलले केहिदिन अगाडि पार्टी नेतृत्वसँग लिखित रुपमा बिभिन्न मागहरु तेस्र्याएका थिए । य’वा नेताहरुका मागको उक्तर केन्द्रीय सदस्य तथा प्रभाबशाली नेता बालकृष्ण खाँणले प्रतिबाद गरेका थिए । नेता खाणले पार्टी सभापतिले माहाधिवेशनमा विजय भएर एिको पद भएको हुनाले उहाँको ब्यक्तीगत इच्छामा माहाधिवेशन बोलाउने कि नबोलाउने भन्ने भर पर्ने जिकिर गरेका थिए ।

पार्टी सभापति देउवाले समेत काठमाण्डौको एक कार्यक्रममा आफू निर्बाचन हार्ने अनि नेतृत्व भएन भन्ने जस्ता उत्तर युवाहरुलाई फर्काएका थिए ।
०६४ सालमा दोस्रो भएको काँग्रेस ०७० सालमा पहिलो हुने भाग्यमानी भएको थियो । ०७० सालको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्बाचनमा दोस्रो भएपछि काँग्रेस सभापति तथा पदाधिकारी बिरुद्ध काँग्रेसका युवा नेताहरु खुलेआम बोलिरहेका छन् ।

काँग्रेस नेतृत्वको पुरानो बानी अनुसार युवाहरु ज्ति नै बोले पनि नेतृत्वले उनीहरुको आवाजलाई सुनेको देखिदैन । सभापति देउवालाई पछिल्लो राजनीतिक बिकासक्रममा माहामन्त्री डा. शसाँक कोईरालाले दह्रिलो रुपमा साथ दिएका छन् । सार्बजनिक कार्यक्रममा नै डा. कोईरालाले प्रधानमन्त्री समेत रहेका काँग्रेस सभापति शेरबहादुर देउवाको बचाउ गरेका छन् ।

पार्टी सभापतिका लागि दावी गरिरहेका नेपाली काँग्रेस पूर्ब माहामन्त्री प्रकाशमान सिंहले भने हरेक कार्यक्रममा पार्टी सभापतिको बिरोध गरिरहेपनि त्यसले खासै अर्थ राखेको देखिदैन । डा. कोईराला बर्तमान अवस्थामा काँग्रेस माहामन्त्री छन् भने उनलाई समेत पार्टी सभापति शेरबहादुर देउवाको समर्थन रहेको देखिन्छ। म्ंसिर २१ ग्तेको प्रतिनिधि सभा निर्बाचनमा हार ब्यहोरेपछि देउवालाई चुनौती दिने बरिष्ठ नेता रामचन्द्र पौडेल स्तब्ध छन्, पौडेल गुटका नै भएपनि डा. कोईराला देउवासंग नजिक देखिएका छन् । नेता सिंह भने पौडेलको सहमतिमा संसदीय दलको नेता हुने दाउमा छन् उक्त दाउलाई डा. शसाँक कोईरालाले सफल हुन दिने सम्भाबना देखिदैन ।

अब काँग्रेसमा बिशेष माहाधिवेश हुने सम्भाबना नदेखिएपनि काँग्रेसको देउवापछिको नेतृत्व को हो त ? भन्ने अन्यौल यथावत नै छ । तेस्रो धारका कृष्ण प्रसादसिटौलाले पनि निर्बाचनमा हार ब्यहोरेपछि तेस्रो शक्ती पनि कम्जोर देखिएको छ । डा. शेखर कोईराला नेतृत्वका लागि तयार रहेपनि उनलाई कार्यकर्ताहरुले पार्टी सभापति कै लागि समर्थन गर्ने सम्भबना देखिदैन । अब को हो त देउवापछिको पार्टी सभापति छुट्याउने जिम्मा काँग्रेस कार्यकर्ताहरुलाई नै होला !