राजनीति

पूर्वराजा दाङ आउँदै, राप्रपा (प्रजातान्त्रिक)का अध्यक्षलाई भेट्ने खुलासा !

काठमाण्डौ । पूर्व राजा ज्ञानेन्द्र शाह अहिले पश्चिम तराईको भ्रमणमा व्यस्त रहेका छन् ।  बाँकेमा रहेको आफ्नो एक होटलको उद्घाटन गर्न पुगेका उनी तराईका अन्य जिल्लामा भेटघाटमा व्यस्त रहेका छन् । उनले त्यहाँ राजावादीहरुसँग भेट गर्दै आएको खुलासा भएको छ ।

केही समयअगाडि उपप्रधानमन्त्री एवं राप्रपा अध्यक्ष कमल थापाले उनीसँग भेट गरेका थिए । थापाले राजसंस्था व्यूताउँन मोटो रकमको चलखेल गरेको खुलासा भएको थियो । पूर्वराजा शाह अहिले सपरिवारसहित पश्चिम तराईको भ्रमणमा व्यस्त देखिन्छन् । उनी होटल उद्घाटन गर्ने नाउँमा राजनीतिक छलफल र भेटवार्तामा व्यस्त भएको बुझिएको छ ।

पूर्व राजा दाङ आउने भएपछि सुरेन्द्र गिरीको अध्यक्षतामा ५ सय १ सदस्यीय स्वागत तथा सम्मान समिति गठन भएको छ । अहिले दाङमा बाक्लो हुस्सु लागेको भए पनि ज्ञानेन्द शाह सडकको बाटो भएर आउँनेछन् । पूर्वराजाको सवारी हुनेभएपछि दाङमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

उनले विभिन्न धार्मिक शक्तिपीठहरुमा पूजाआजा गर्ने कार्यक्रम रहेको छ । साथै उनले राप्रपा(प्रजातान्त्रिक)दाङका अध्यक्ष हंसराज केसीसँग गोप्य भेट गर्ने खुलासा भएको छ । धार्मिक शक्तिपिठमा दर्शन गर्न आउने भनिए पनि उनको उदेश्य भनेको राजनीतिक भेटघाट रहेको बुझिाएको छ । उनले त्यहाँ रहँदा समर्थक, राजनीतिक दललगायतसँग भेटघाट गर्ने कार्यक्रम रहेको बुझिएको छ । उनी त्यहाँ रहदाँ डोको होटेलमा बस्नेछन् । २० मिनेट सम्बोधन गर्ने कार्यक्रम रहेको छ । दिँउसो उनी पुनः बाँके फर्कने बताइएको छ । मन्दिरको दर्शनका नाममा राजावादीलाई उक्स्याउन पूर्वराजा शाह पश्चिम तराईको भ्रमणमा रहेका छन् ।