खेलकुद

राष्ट्रपतिद्धारा क्रिकेट कार्निभलको उद्घाटन हुँदै

काठमाण्डौ । नेपालमा पहिलो पटक क्रिकेट कार्निभल हुने भएको छ । मदन भण्डारी स्पोर्टस् एकेडेमीका अध्यक्ष बिनोद श्रेष्ठले पत्रकार सम्मेलन मार्फत जानकारी गराएका छन् । कार्निभलमा नेपाली क्रिकेटको बिगत,वर्तमान र भबिष्य बिषयक सेमिनार र क्रिकेट सम्बन्धि बृत चित्र पनि प्रदर्शनी गरिने अध्यक्ष श्रेष्ठले जानकारी गराएका छन् ।

क्रिकेटलाई आम नागरिकसग जोड्न कार्निभलले महत्वपूर्ण भूमिका निबाउने अध्यक्ष श्रेष्ठले पत्रकार सम्मेलनमा बताए । त्यस्तै मदन भण्डारी स्पोर्टस् एकेडेमीले क्रिकेटमा महत्वपूर्ण योगदान पुर्याउने एक जना ब्यक्तिलाई यस बर्ष देखि “मदन भण्डारी क्रिकेट अवार्ड” ले सम्मान गरिने एकेडेमीका महासचिव बचन देउजाले बताए ।

दुई दिने कार्निभलमा राष्ट्रियखेलाडी, राजनीतिज्ञ, कलाकार, पत्रकार, व्यवसायीवीच प्रदर्शनी खेल हुनेछ । यस्तै क्रिकेट सम्मान, ट्यालेन्ट हन्ट, क्रिकेट सामग्री विक्री, क्रिकेट सम्बन्धी फोटो प्रदर्शनी, वृत्तचित्र प्रदर्शनी, सेमिनार, सांगीतिक कन्सर्टलगायतका कार्यक्रमहरु सञ्चालन हुने छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा माघ ५ र ६ गते हुने कार्निभलको राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने छिन् । कार्निभलमा ५० हजारले अवलोकन गर्ने विश्वास आयोजकको छ । मदन भण्डारी क्रिकेट बिभागका संयोजक सुदिप शर्मा,मार्सल आर्ट बिभागका संयोजक ओमकृष्ण प्रसाईलगायतको उपस्थिति रहेको थियो ।