पु.समाचार

जाम्बियाका सेना प्रमुख र प्रधानसेनापति क्षत्रीबीच भेटवार्ता

काठमाण्डौ । नेपालको औपचारिक सद्भावना भ्रमणमा रहनुभएका जाम्बियाका सेना प्रमुख पल मिहोभाले आफ्ना नेपाली समकक्षी प्रधानसेनापति राजेन्द्र क्षत्रीसँग आज अपराह्न जंगी अड्डामा भेटवार्ता गरेका छन् ।

त्यस अवसरमा उनीहरुबीच द्विपक्षीय हित तथा पारस्परिक चासोका विविध विषयमा छलफल भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

आजै उनले सैनिक मञ्चस्थित वीर स्मारकमा माल्यार्पण गर्नुभएको थियो भने जंगी अड्डा परिसरमा नेपाली सेनाको एक टुकडीले सम्मान गारतका साथ जाम्बियाली सेनाप्रमुखको स्वागत गरेको थियो ।