अन्तर्राष्ट्रिय

मोदी र पुटिनबीच द्विपक्षीय वार्ता

मस्को, रसिया । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनबीच विकास, साझेदारी र द्विपक्षीय सम्बन्धका विषयमा कुराकानी भएको समाचारमा जनाइएको छ ।

बुधबार भएको टेलिफोन कुराकानीमा जारी विभिन्न अन्तर्राष्ट्रिय मुद्धाको बिषयमा छलफल भएको समाचारमा जनाइएको छ ।

क्रेमलिनका अनुसार राष्ट्रपति पुटिन र प्रधानमन्त्री मोदीबीच बुधबार सो वार्ता भएको थियो । बुधबार रुसी राष्ट्रपति पुटिनले भारतीय प्रधानमन्त्री मोदीलाई फोन गरेका थिए ।

दुई नेताले नयाँ बर्षको शुभकामना आदानप्रदान गर्नुकासाथै दुई देशको विकासको साझेदारिताको प्रतिवद्धता र रुस र भारतबीचको विशेषगरी सामरिक साझेदारीको विषयमा आगामी दिनमा पनि यसैगरी उच्चस्तरीय वार्तालाई निरन्तरता दिने बारेमा पनि सहमति भएको बताइएको छ ।

राष्ट्रपति पुटिनले गत डिसेम्बर ३० मा पनि प्रधानमन्त्री मोदी र भारतीय राष्ट्रपति राम नाथ कोबिन्दलाई नयाँ बर्षको शुभकामना व्यक्त गरेका थिए ।

क्रेमलिनद्वारा प्रकाशित विज्ञप्तिमा इन्डो–रसिया सम्बन्धको ७० बर्ष पूरा भएको बताइएको छ । यी दुई देशबीच विगतलेखि नै द्विपक्षीय लगानीका साथै विकासका कार्यहरुमा साझेदारी हुदै आएको छ ।