अन्तर्राष्ट्रिय

‘उत्तर कोरियाको जेलमा शव गाडें’

एजेन्सी । १५ बर्ष पहिले मि रियोंग (नाम परिवर्तन)उत्तर कोरियाको प्लास्टिक उद्योगकी प्रमुख थिइन् । उनको राम्रोसँग घरबार चलिरहेको थियो । बहिनीको परिवार उत्तर कोरियाबाट भागेर दक्षिण कोरिया पुगिन । बहिनीले उत्तर कोरियामा हुने गरेको ज्याजतीविरुद्ध टिभीमा अन्र्तवार्ता दिइन् ।

बहिनीले दक्षिण कोरियाको टिभीमा उत्तरविरुद्ध बोलेपछि दिदीको परिवारमा ब्रजपात पर्यो। उत्तर कोरिया सरकारले मि रियोंगको परिवारलाई जेलमा हाल्यो । उनलाई जेलमा चरम यातना दिनेदेखि मरेको मान्छेको शव गाड्नसम्म लगाइयो । उनले भनिन, ‘जेलमा कति पिटाई खाएँखाएँ, मरेको मान्छेको शव गाड्न लगााए, जीवन नर्क जस्तै भयो ।’

उनी दुई वर्षपछि जेलबाट छुटिन । तर, श्रीमानसँग सम्बन्ध विच्छेद गराइयो । त्यसपछि मि रियोंग भागेर चीन पुगिन् । तर, छोरी भने उत्तर कोरियामा नै छुटिन्। चीनको गिर्जाघरमा धेरै बर्ष लुकेर बिताइन् । छोरीलाई भने उत्तर कोरियाबाट छोरी निकाल्न सकिनन् ।

बहिनीले दक्षिण कोरियामा शरण दिलाउने भनेपछि दक्षिण कोरिया आइन् । दक्षिण कोरियामा उनले सोचे जस्तो भएन । १५ घण्टा काम गर्न थालिन् तर उनलाई स्वास्थले साथ दिएन । बिरामी भएर लामो समय ओछ्यान परिन् । पेट भर्नसमेत मुस्किल हुन थाल्यो । उत्तर कोरियाबाट छोरीलाई निकाल्नका लागि आवश्यक पैसा जुटाउन बुढाबुढाको स्याहार सुसारको काम गर्न थालिन् । त्यो काममा पनि उनले चरम दुरव्यवहार सहनु पर्यो ।

उनले भनिन्, ‘छोरीलाई उत्तर कोरियाको नर्कबाट निकाल्न जस्तो सुकै काम गर्न तयार भएकी छु ।’ कोरियाली युद्धपछि करिब तीस हजार मानिस उत्तर कोरिया छोडेर दक्षिण कोरिया आएर बसेका छन् । बीबीसी हिन्दीबाट