पु.समाचार

उच्च अदालतका चार मुख्य न्यायाधीश नियुक्त

काठमाण्डौ । न्याय परिषदले उच्च अदालतका चार मुख्य न्यायाधीश नियुक्त गरेको छ ।

परिषद्को बिहीबार बसेको बैठकले सर्वोच्च अदालतका मुख्य रजिष्टार नहकुल सुवेदीलाई उच्च अदालत तुलसीपुरको मुख्य न्यायाधीश नियुक्त गरेको हो ।

यस्तै उच्च अदालत जनकपुरको मुख्य न्यायाधीशमा उदयप्रसाद चापागाई, सुर्खेतमा हरिप्रसाद पोखरल र दिपालयको मुख्य न्यायाधीशमा यज्ञ वस्याललाई नियुक्त गरेको छ ।

बिहीबार नै बसेको न्याय सेवा आयोगको बैठकले सर्वोच्चको रजिष्टारमा महेन्द्र उपाध्याय र आयोगको सचिवमा चिरञ्जीवी खनाललाई बढुवा गर्न सिफारिस गरेको छ ।

यसैबीच न्यायापरिषदको यस निर्णयमा सर्बोच्च अदालतका बरिष्ठ न्यायाधीश दीपकराज जोशीले असन्तुष्टि जनाउँदै नोट अफ डिसेन्ट लेखेका छन् ।