स्वास्थ्य

काममा नगई अटेरी स्टाफ नर्सले गरिन् यस्तो हर्कत

संखुवासभा । जिल्लाको खाँदबारी अस्पतालमा स्टाफ नर्स र अस्पताल प्रमुखबीच कुटाकुट भएको छ । अस्पतालका प्रमुख डा. बिनितकुमार झालाई स्टाफ नर्स फूलमाया तामाङले हातपात गरेपछि दुई जनाबीच कुटाकुट भएको हो ।

अस्पताल प्रमुख डा. झाले काममा जान आग्रह गरेको तर ति स्टाफ नर्स उल्टै जाइलागेको बताइएको छ । स्टाफ नर्स तामाङलाई ३ दिनअघि काममा जान भनेको र आज पनि भेटेरै काममा जान अनुरोध गरेको डा. झाले बताए ।

बिहान ११ बजे झगडा भएपछि अस्पतालका सबै स्वास्थ्यकर्मी जिल्ला जनस्वास्थ्य कार्यालयमा वार्तामा गएकाले अस्पतालको सेवा ठप्प भएको छ ।