पु.समाचार

सरकारी जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने दुई कानुन व्यवसायी पक्राउ

काठमाण्डौ । नेपाल विद्युत प्राधिकरणमा रोजगारी लगाइदिने भन्दै ठगी गरेको आरोपमा कानुन व्यवसायीसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखाको टोलीले कानुन व्यवसायी जयप्रकाश दास र अशोक कुमार मुखियालाई पक्राउ गरेको हो । नेपाल विद्युत प्राधिकरणबाट गत भदौमा खुलेको विभिन्न तहमा आवेदन भरेकाहरुसँग जागिर लगाइदिने भन्दै रकम लिएर उनीहरु फरार भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

उनीहरुले कर्मचारी माग भएकोमा सिनियर मिटर रिडर पदमा आवेदन दिएकामध्ये केही आवेदकसँग सम्पर्क गरी आफू श्रम मन्त्रालयको कर्मचारी हुँ भनी प्रभावमा पारी १० लाख रुपैयाँ उठाएको पीडितको उजुरीपछि प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका दुबैजनालाई प्रहरी हिरासतमा राखस् अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ ।