मनोरञ्जन

यौन सम्पर्कका बेला हुन्छन यी चार परिवर्तन

एजेन्सी । मानव जीवनका लागि सेक्स अर्थात यौन महत्वपूर्ण कुरा हो । संसारमा सबै भन्दा धेरै लुकाइएको र खोजिएको विषय पनि यौन नै हो । यसकारण यौनका बारेमा धेरै मानिस जानकार छन् तर उनीहरू पूर्ण जानकार छैनन् । किनकी यौन अर्थात सेक्स बारे निरन्तर अध्ययन अनुसन्धान भइरहेको छ । अनुशन्धानकै क्रममा सेक्स थेरापिष्ट मास्टर्स एन्ड जोनसन्सले यौन सम्पर्कका बेला मानव शरीरमा हुने चार परिर्वतन बारे नयाँ तथ्य सार्वजनिक गरेका छन् । जोनसन्सले यसलाई सेक्सुअल रिस्पोन्स साइकल नाम दिएका छन् ।

यौन सम्पर्कका बेला पार गरिने चार अवस्था यस्ता छन्ः

एक्साइटमेन्ट फेज

योे फेज भनेको उत्तेजनाको अवस्था हो । यस अवस्था कुनै पनि समय शरीरको कुनै पनि भागमा, आधा–आधा मिनटमा सुरु हुन सक्छ । यसमा पुरुषको गोप्य अंग र महिलाको निप्पल्स इरेक्ट हुनसक्छ । त्यस्तै महिलामा फ्लूइड फ्लो हुन थाल्छ । महिलाको यौनांग, क्लिटरिस र ब्रेस्टको आकार पनि बढ्न थाल्छ । महिला, पुरुष दुवैमा ब्लड प्रेसर र मुटुको गति बढ्न थाल्छ ।

प्लेटो फेज

यो अवस्थामा पुरुषको गोप्य अंग पूर्ण रुपमा इरेक्ट हुन्छ । उसको टेस्टिस स्क्रोटमको दिशामा जान्छ । त्यस्तै महिलामा योनीको बाह्य र भित्री भाग फुल्नन थाल्छ । महिला र पुरुष दुवैको हात, तिघ्रा र हिप्सको मांसपेसीमा तनाव उत्पन्न हुन्छ ।

ओर्गज्म फेज

चार वटै अवस्था मध्ये यो सबैभन्दा छोटो फेज हो । यो फेज केही सेकेन्ड मात्रै चल्छ । पुरुषमा उसको यूरेथ्रल बल्बमा फ्लूइड महसूस हुन्छ । त्यसपछि फ्लूइडले सिमेन डिस्चार्ज गरिदिन्छ र निजी अंगमा कन्ट्र्याक्सन आउँछ । यही समय महिलाको योनीमा रिदमिक कन्ट्र्याक्शन अनुभव हुन्छ् । आठ सेकन्डमा औसत १० रिदम हुन्छ । पुरुषलाई यूटेरसको मांसपेशीमा कन्ट्र्याक्सन अनुभव हुनसक्छ । दुवैजनामा कैयौं पटक यौन अंगका साथै हात र खुट्टाको मांसपेशीमा रिफ्लेक्स हुन्छ ।

रेजोलूशन फेज

योे अवस्था भनेको क्लाइमेक्सको हो र डेढ घण्टासम्म चल्छ । विशेषगरी महिलामा । पुरुषको गोप्य भाग लुज भएर जान्छ र त्यसपछि उसलाई दोहोर्याएर ओर्गज्म पाउन गाह्रो हुन्छ । महिलाको यूटेरस र क्लिटरिस पुरानो अवस्था फर्कन्छ । दुवै जनाको शरीरको तनाव कम भएर जान्छ ।

मस्तिष्कमा पनि हुन्छ परिवर्तन

यौन सम्पर्कका लागि शरीरमा मात्रै होइन मस्तिष्कमा पनि परिवर्तन आउँछ । महिलामा कर्टेक्सको विभिन्न भाग एक्टिभेट हुन जान्छ । उसो त महिला–पुरुष दुवैमा यी चार वटै अवस्था एकसाथ हुँदैन । तर, एकै साथ ओर्गज्म अप्ठ्यारो हुन्छ । महिलामा पुरुषको भन्दा बढी समय लाग्न सक्छ ।