अन्तर्राष्ट्रिय

नैरोवीबाट ७ नेपाली र ३ भारतीय युवतीको उद्धार, सुष्मा स्वराजले गरिन् यस्तो काम

काठमाण्डौ । मानव वेचविखनको जालोमा परेका ७ नेपाली र ३ भारतीय युवतीको उद्दार गरिएको छ ।

नैरोवीमा रहेको भारतीय हाइ कमिसनले ३ भारतीय युवतीको उद्दार गरेको हो जो भारत हुँदै केन्या लगिँदै थिए । ७ नेपाली युवतीको पनि केन्या प्रहरी र भारतीय हाइ कमिसनको संयुक्त अपरेसनबाटै उद्दार गरिएको हो ।

भारतको पञ्जावमा आधार भएर मानव बेचविखनको र्‍याकेट चलेको खुलासा भएको छ ।

‘हामीले तीन भारतीय युवतीलाई केन्यामा उद्दार गरेका छौं । संस्थागत रुपमा भइरहेको अपराधको सिन्डिकेटमार्फत यिनीहरु बेचिँदै थिए । सात नेपाली युवतीकोसमेत उद्दार भएको छ । उनीहरुको पासपोर्ट र फोन मोम्बासामा उनीहरुलाई नियन्त्रणमा लिएलगत्तै जफत गरिएको छ’, भारतीय विदेशमन्त्री सुष्मा स्वराजले ट्विट गर्दै लेखेकी छिन् ।

थाइल्यान्ड, इन्डोनेसिया र सिंगापुरको भ्रमणमा निस्किनुअघि स्वराजले ट्विट गरेकी हुन् । स्वराजले नैरोवीमा रहेकी भारतीय हाइ कमिसनर सुचित्रा दुरै र प्रथम सचिव किरण यादवको उच्च कदर गर्दै उनीहरुको मेहनतका लागि धन्यवाद दिएकी छिन् ।