पु.समाचार

कोटेश्वरमा पेस्तोलसहित खोटाङका युवक पक्राउ

काठमाण्डौ । प्रहरीले हतियार सहित राजधानीबाट एक जनालाई पक्राउ गरेको छ । कोटेश्वरको न्यु सुनकोसी गेष्ट हाउसबाट हतियार सहित एक जना पक्राउ गरेको महानगरीय प्रहरी वृत्त बानेश्वरका प्रमुख डिएसपी रवि पौडेलले बताए ।

पक्राउ पर्नेमा खोटाङ घर भएका सुभाष केसी रहेका छन् । उनको साथबाट प्रहरी एक थान रिवल्भर, एक थान कटुवा पेस्तोल र पाँच राउन्ड गोली बरामद गरेको हो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको डिएसपी पौडेलले बताए ।