राजनीति

एमालेका सांसदलाई हृदयघात

स्याङ्जा । स्याङ्जा क्षेत्र नं १ का नेकपा एमाले सांसद नारायणप्रसाद मरासिननीलाई हृदयघात भएको छ ।

बुधबार दिउँसो हृदयघात भएपछि उनलाई पोखरास्थित मणिपाल अस्पताल लगिएको थियो । सामान्य उपचारपछि मरासिनीलाई आज बिहान हेलिकोप्टरबाट काठमाण्डौ ल्याइएको छ । मरासिनीको काठमाण्डौ बाँसबारीस्थित गंगालाल हृदयरोग केन्द्रमा उपचार भइरहेको छ । अस्पताल स्रोतका अनुसार उनको अवस्था सामान्य देखिन्छ र थप परीक्षण भइरहेको छ ।