पु.समाचार

विश्वविद्यालयको छात्रावासमा एक विद्यार्थीले गरिन् आत्महत्या

काभ्रे । काठमाण्डौ विश्वविद्यालयको छात्रावासमा एक विद्यार्थीले आत्महत्या गरेकी छिन् ।

बुधबार बिहान साढे १० बजे आफ्नै कोठामा पासो लगाएको अवस्थामा धादिङ, धुनिवेशी नगरपालिका–६ की २२ वर्षीय विद्या आचार्य फेला परेको जिल्ला प्रहरी कार्यलयका प्रहरी निरीक्षक रविराज थपलियाले जानकारी दिए ।

आचार्य तेस्रो वर्ष (छैठौँ सेमेष्टर) मा अध्ययनरत थिइन् । घटनास्थलमा सुसुाइड नोट भेटिएको र थप अनुसन्धान भइरहेको थपलियाले जानकारी दिए ।