पु.समाचार

सर्वोच्चले मगायो तनहुँ क्षेत्र नम्बर २ को मतपत्र

काठमाण्डौ । सर्वोच्च अदालतले तनहुँ क्षेत्र नम्बर २ प्रदेशसभा १ को मतगणना भइसकेका मतपत्र मगाएको छ ।

पुन मतदान गर्नु पर्ने माग गर्दै कांग्रेस नेता प्रदीप पौडेलले दायर गरेको रिटमा छलफलपछि सर्वोच्चले मतगणना भइसकेका मतपत्र मगाएको हो ।

अदालतले आज दुवै पक्षलाई छलफलको लागि अदालतमा उपस्थित गराएको थियो । निर्वाचन आयोगको रहोबरमा अदालतमा मतपत्र ल्याउन आदेश गरेको हो ।

नेता पौडेल वाम गठबन्धनकी उम्मेदवार आशा कोइरालासँग ५ मतान्तरले पराजित भएका थिए । मतपत्रमा ४२ मत फर्जी भेटिएको भन्दै पौडेलले पुनःमतदान हुनु पर्ने माग गर्दै अदालत पुगेका हुन् ।