मनोरञ्जन

पहिरनकै कारण विवादमा आउँछिन् सोनम कपुर

एजेन्सी । गएको बर्ष स्टारडस्ट अवार्डको रेड कार्पेटमा सोनम कपुरमा सबैको ध्यान खिचियो । कारण थियो, उनको पहिरन । झट्ट हेर्दा नग्न जस्तो देखिने पहिरनमा ठाँटिएकी सोनमले जसै रेड कार्पेटमा पाइला राखे, हजारौं आँखा उनीतर्फ तेर्सिए ।

यो अपवाद थिएन । सोनमले थुप्रै पटक पहिरनको कारण चर्चा पाए, आलोचना पनि । खासगरी उनी बलिउड इभेन्टहरुमा यस्तो पहिरन लगाउँछिन्, जसमा छाती उदाङ्गो हुनेगर्छ । सोनमको बोल्ड गेटअपले जिब्रो टोक्न बाध्य बनाउँछ ।

सोनम कपुरलाई चिनाउने केहि विशेषण छन् । जस्तो कि, उनी एकताकाका चर्चित अभिनेता अनिल कपुरकी छोरी हुन् । अर्को चाहि फेसन डिजाइनर । उनलाई बलिउडकी टप फेशनिस्टा मानिन्छ । त्यही कारण हुनसक्छ, उनी फेसनमा नयाँ(नयाँ प्रयोग गरिरहेकी हुन्छिन् ।

उनी अनौठा पहिरनको कारण बिवादमा पनि तानिन्छन् । केहि समयअघि अंग्रेजी अखबारले उनको एक फोटो छापेको थियो, जसको एंगललाई लिएर विवाद भयो । उक्त तस्विर छापिएपछि सोनम निकै दुखी भएको बताइन्छ । कुनै कार्यक्रममा सहभागी हुन पुगेकी सोनम कालो पहिरनमा थिइन् । त्यही बेला फरक कोणबाट उनको फोटो खिचियो । उक्त फोटोमा उनको स्तन देखिएको थियो ।

फोटो सोशल मिडियामा भाइरल भयो । धेरैले सोनमको खिल्ली उडाए । अन्ततः उनले मुख खोल्नै पर्‍यो । सोनमले फेसबुकमै लेखिन्, ‘म आफ्नो पहिरनप्रति एकदमै सहज थिएँ । मैले केहि कामको पनि कुरा गरेकी थिएँ । तर, तपाईहरु केवल यो फोटोमा मात्र केन्द्रित हुनुहुन्छ ।’

फेसन डिजाइनरहरुले भन्ने गरेका छन्, सोनम कुनैपनि फेसन गर्नका लागि कतिपनि कञ्जुस्याँइ गर्दिनन् ।

भोग म्यागजिनका फेसन डाइरेक्टर अनिता श्राफ अदजानिया भन्छिन्, ‘सोनम फेसनको लागि आफुलेृ आफैलाई कुनै बक्समा बन्द गर्न चाहन्न् । अर्थात हरेक किसिमको फेसन ट्राई गर्छिन् ।’