पु.समाचार

एमाले र माओवादीका विद्यार्थी संगठनबीच झडप, दुईको अवस्था गम्भीर

चितवन । माउ पार्टी एकताका लागि तयार भएकाबेला चितवनको रामपुरमा एमाले र माओवादीका विद्यार्थी संगठनबीच झडप भएको छ ।

एमालेको अनेरास्ववियु र माओवादी केन्द्रको अनेरास्ववियू क्रान्तिकारीबीच झडप भएको छ ।

कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरमा बीएससी सेकेण्ड सेमेस्टरमा पढ्ने विद्यार्थीको कक्षा मनिटर चयनका विषयमा विवाद भएपछि झडप भएको हो ।

झडपमा किसन घिमिरे र विकलचन्द्र श्रेष्ठ घाइते भएको प्रहरीले जनाएको छ । उनीहरुको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । दुवै घाइतेको टाउँकोमा चोट लागेको छ । क्याम्पस परिसरमा बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।