पु.समाचार

दार्चुलामा भूकम्पको धक्का

दार्चुला । बुधबार बिहानै भूकम्पको धक्का महसुश भएको छ । दार्चुला सदरमुकामबाट ९ किलोमिटर दक्षिण–पूर्व केन्द्रबिन्दु बनाएर ३.७ रेक्टर स्केलको भूकम्पको धक्का महशुस गरिएको भूकम्प मापन केन्द्र, सुर्खेतले जनाएको छ ।

भूकम्पको धक्का दार्चुला, बैतडी र बझाङका विभिन्न ठाउँमा महशुस गरिएको जनाएको छ । भूकम्पको धक्काबाट भने कुनै किसिमको क्षति नभएको प्रहरीले जनाएको छ ।