आर्थिक

ग्लोबल आइएमई कार्यालयको समुद्घाटन

काठमाण्डौ । ग्लोबल आइएमई बैंकको ११औँ वार्षिकोत्सवको अवसरमा बैंकको नवनिर्मित कर्पोरेट/रजिष्र्टड कार्यालयकोे नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरंजिवी नेपालले मंगलबार समुद्घाटन गरेका छन् ।

सन् २००७ मा वीरगञ्जमा रजिष्टर्ड कार्यालय राखि स्थापना भएको ग्लोबल आइएमई बैंकले स्थापनाको ११ वर्ष मा नै आफ्नौ कर्पोरेट/रजिष्र्टड कार्यालय स्थापना गर्न सफल भएको हो ।
कर्पोरेट÷रजिष्र्टड कार्यालय समुद्घाटन समारोहमा बोल्दै नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरंजिवी नेपालले स्थापनाको छोटो समयमा नै आफनै लगानीमा कर्पोरेट/रजिष्र्टड कार्यालय खोल्न सफल भएकोमा ग्लोबल आइएमई बैंकलाई बधाई ज्ञापन गरे ।
सोहि कार्यक्रममा बोल्दै ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्र प्रसाद ढकाल ज्यूले स्थापनाको ११ वर्ष भित्रमा नै बैंकले प्राप्त गरेका बिभिन्न सफलताहरुको श्रेय सम्पूर्ण ग्राहक महानुभावहरु, सेयर होल्डर, शुभचिन्तक तथा कर्मचारीहरुलाई दिदै आगामी दिनमा अझ उत्कृष्ठ सेवा प्रदान गर्दै जाने प्रण ब्यक्त गरे ।
उक्त कर्पोरेट/रजिष्र्टड कार्यालय समुद्घाटन समारोहमा नेपाल उद्योग वाणिज्य संघका पदाधिकारी, विभिन्न संघसस्थाका प्रतिनिधि लगायतको उपस्थिती रहेको थियो ।
ग्लोबल आइएमई बैंकले स्थापना कालदेखि नै रेमिट्यान्स सेवामा जोड दिदै आएको छ । सोहि अनुरुप अष्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि÷सम्र्पक कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरु माझ सेवा प्रदान गर्दै आईरहेको छ भने कोरिया र भारतबाट सबैभन्दा बढि रेमिट्यान्स नेपालमा भित्रयाउन सफल भएको छ । त्यसैगरि बैंकले मलेसिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दे आइरहेको छ ।

११ औँ वार्षिकोत्सव कै अवसरमा एकै दिन देशका विभिन्न ५ स्थानमा शाखा कार्यालयहरु स्थापना गरेको छ । बैंकले नवनिर्मत भवन कमलादी, भक्तपुर जिल्लाको गोठाटार, बैतडी जिल्लाको पुर्चौडी नगरपालिका, गुल्मी जिल्लाको गौडाकोट र झापा जिल्लाको दमक नगरपालिकामा गरि ५ वटा शाखाहरु सञ्चालनमा ल्याएको हो ।
उक्त ५ वटा शाखा संचालनमा ल्याए संगै बैंकको शाखा संख्या ११३ पुगेको छ । बैंकले शाखा मुलुकका हरेक क्षेत्र र वर्ग सम्म सेवा पुर्याउने उद्धेश्यले ७ वटै प्रदेशमा शाखा विस्तार गरिसकेको छ, । साथै नवनिर्मित कर्पोरेट/रजिष्र्टड कार्यालय परिसरमा एटिएम सेवा समेत सञ्चालनमा ल्याएको छ । उक्त एटिएम सेवा संगै बैंकको एटिएम संख्या १२७ पुगेको छ ।

त्यति मात्र नभएर ग्लोबल आइएमई बैंकले नेपाल राष्ट्र बैंकले ल्याएको मर्जर नीतिलाई अंगिकार गर्दै मर्जर तथा प्राप्तीमा समेत अग्रणी भूमिका खेलेको छ । बैंकले हालसम्म नेपालमा भएका वित्तिय संघसंस्थाहरुको मर्जर तथा प्राप्तीमा ७ प्रतिशत स्थान ओगट्न सफल भएको छ ।