अन्तर्राष्ट्रिय

लिवियाबाट सन् २०१७ मा १९ हजार गैरकानूनी आप्रवासी स्वदेश फिर्ता

त्रिपोली, लिविया । सन् २०१७ मा यूरोप तथा अमेरिकी मुलुकतर्फ हिँडेका १९ हजार गैरकानूनी आप्रबासी शरणार्थीलाई फिर्ता गरेको आप्रवासी शरणार्थी सम्बन्धि अन्तर्राष्ट्रिय संगठन (आइओएम) ले मङ्गलबार जनाएको छ ।

आइओएमले सन् २०१७ मा १९ हजार ३७० जना गैरकानूनी आप्रबासी शरणार्थीलाई सम्बन्धित देशको राजधानीसम्म हवाईमार्गमार्फत फिर्ता पठाइएको आइओएमका ‘भोलुन्टरी रिटर्न प्रोग्राम’का संयोजक जुमा बिएन हसनले सिन्ह्वा न्यूज एजेन्सीलाई बताए ।

यसरी स्वदेश पठाइएका अधिकांश आप्रबासीमध्ये प्रायजसो २७ अफ्रिकी तथा एसियाली नागरिक रहेको बिएन हसनले उल्लेख गरे ।

आप्रबासीको यूरोप तथा अमेरिकाका लागि मुख्य गन्तव्य विन्दु लिवियालाई बनाइँदा केही बर्षदेखि मुलुक नै अस्तव्यस्त बनेको छ ।