साहित्य

विश्वव्यापी छन्दकविता प्रतियोगितामा सम्पन्न

काठमाडौँ । संयुक्त राज्य अमेरिकास्थित नेपाली साहित्यकारको संस्था छन्द–अलङ्कारद्वारा आयोजित विश्वव्यापी छन्दकविता भिडियो प्रतियोगिता—२०१७ को नतिजा सार्वजनिक भएको छ ।

प्रतियोगितामा विश्वभरिबाट १०२ वटा छन्दकविता छनौट भएका थिए । तीमध्ये मोरङका मेनुका चापागाईँ प्रथम, जापानका सविना रेग्मी द्वितीय, तनहुँका गोविन्दगोपाल खतिवडा तृतीय र मोरङका रोहित पराईका कविताले सान्त्वना पुरस्कार प्राप्त गर्न सफल भएको जनाएको छ ।

सो प्रतियोगिताका लागि कवि डा देवी नेपालको संयोजकत्वमा निर्णायक समिति गठन भएको थियो ।