मनोरञ्जन

प्रमोद खरेलको ‘तिम्रो लागी’ सार्वजनिक

काठमाण्डौ । आधुनिक सुगम संगितका लोकप्रिय गायक प्रमोद खरेलको नयाँ गित ‘तिम्रो लागी ’ आज मंगलबार सार्वजनिक भएको छ ।

खरेलले यो गित पि एम इन्टरटेन्मेन्टको यूट्युब च्यानल सिंगर बाट सार्वजलिक गरेका हुन् । झुम्काली , लाइदेउन मायाले जस्ता डान्सिङ गित गाएर चर्चामा रहेका प्रमोदको यो नयाँ गित आधुनिक सुगम संगितको सर्वोकृष्ट गित बनेको छ ।

पि एम इन्टरटेन्मेन्ट प्रालीको प्रस्तुती रहेको गितको कम्पोज राजेन्द्र पुरीले गरेका छन् । ‘तिम्रो लागी ’ लाई दिपक शर्माले संगित संयोजन गरेका हुन । गितमा आशा खड्का , विपेष घिमिरे, अमन श्रेष्ठको अभिनय रहेको छ भने छायाँकन मुकेश हुमागाईको रहेको छ । म्यूजिक भिडियो निर्देशन बविता श्रेष्ठले गरेकी हुन् ।अविनास डिसीको सम्पादन ‘तिम्रो लागी ’मा रहेको छ ।

‘तिम्रो लागी ’को भिडियो हेर्न