पु.समाचार

काँग्रेससहित ६ पार्टीलाई निर्वाचन आयोगले दियो कडा निर्देशन, के भन्यो ?

काठमाण्डौ । निर्वाचन आयोगले नेपाली काँग्रेससहित ६ पार्टीलाई प्रदेशसभा समानुपातिकतर्फको सूची सच्याउन निर्देशन दिएको छ ।

निर्वाचन आयोगले उमेदवारको सूचीलाई तीनदिनभित्र सच्याउन निर्देशन दिएको छ । निर्वाचन आयोगको बैठकले समावेशी सिद्धान्तअनुसारको सूची नभएको भन्दै पुनः सच्याउन समय दिएको जनाएको छ । आयोगका अनुसार काँग्रेस, संघीय समाजवादी फोरम नेपाल, राष्ट्रिय जनता पार्टी नेपाल, राष्ट्रिय जनमोर्चा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राष्ट्रिय जनता पार्टीलाई नाम सच्याएर ल्याउन निर्देशन दिइएको छ ।