पु.समाचार

काभ्रेको पात्लेखेतमा प्रहरी र स्थानीयबीच झडप, ६ सेल अश्रुग्यास

धुलिखेल । बीपी राजमार्गअन्तर्गत काभ्रेको धुलिखेल नगरपालिका पात्लेखेतमा स्थानीयबासीले अवरुद्ध पारेको सडक प्रहरीले बल प्रयोग गरेर खुलाएको छ । सडक खुलाउन प्रहरीलाई ६ सेल अश्रुग्यास प्रयोग गर्नुपरेको थियो ।

बा ३ ख ५९५५ नम्बरको बसबाट खसेर नमोबुद्ध नगरपालिका १ की फुलमाया तामाङको आइतबार मृत्यु भएपछि उनका आफन्त र स्थानीयबासीले मंगलबार विहानदेखि सडक अवरुद्ध पारेका थिए । सडक खुलाउने क्रममा प्रहरी र स्थानीयबीच केहि समय झडपसमेत भएको थियो ।

स्थिति नियन्त्रणमा लिन ६ सेल अश्रुग्यास प्रयोग गर्नु परेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख सहकुलबहादुर थापाले जानकारी दिए ।