राजनीति

दाहाल र अाेलीको संबन्ध चिसिँदै, एक्कासी प्रधानमन्त्री बन्न काँग्रेससंग नजिकिए

काठमाण्डौ । पछिल्लो राजनितिक बिकासक्रम हेर्दा बाम गठबन्धन टु्ने सम्भाबना बलियो देखिएको छ । दोस्रो ठूलो दल नेपाली काँग्रेस र भारतको बलियो समर्थन प्राप्त राष्ट्रिय जनता पार्टीले माओबादी केन्द्रलाई आफूसंग तान्न कुनैपनि राजनीतिक अश्त्र बाँकी नराख्ने मनस्थिति बनाएका छन् । मुलुकको सबैभन्दा पुरानो लोकतान्त्रीक पार्टीको रुपमा स्थापीत नेपाली काँग्रेसको अन्तर्राष्ट्रिय समर्थन प्राप्त छ भने राजपालाई भारतले समर्थन गरेको देखिन्छ । त्यसो भन्दा संसदमा पहिलो पार्टीमा स्थापीत भएको पार्टी नेकपा एमालेको समर्थन नै छैन भन्ने गलत आँकलन हुन्छ, तैपनि काँग्रेसभन्दा बढी एमाले भारतसंग टाढा भएको समाचार सत्य हुन सक्छ ।
एमाले र माओबादी केन्द्र

नेकपा एमालेले माओबादी केन्द्रलाई आफ्नै भाई संझिदै पार्टीमा दोस्रो दर्जाको भूमिका दिनलागेको देखिन्छ तर माओबादी केन्द्र भने कि पार्टी अध्यक्ष, कि राष्ट्रपति, कि प्रधानमन्त्री पाउनुपर्ने आन्तकि लविङमा सकृय भएको छ । पछिल्लो समयमा एमाले अध्यक्ष केपी शर्मा ओली बर्तमान राष्ट्रपति बिद्यादेवी भण्डारीलाई नै राष्ट्रपति बनाउनुपर्छ भन्ने भाबनामा केन्द्रत देखिन्छन् भनै एमालेका पुर्ब अध्यक्ष झलनाथ खनाल आफैं राष्ट्रपति बन्ने दाउमा छन्, माधब नेपाल भने ओली प्रधानमन्त्री बनेपछि आफू एमालेको अध्यक्ष बन्ने दाउमा देखिन्छन् । नेकपा एमालेका नेताहरुले माओबादीलाई मूख्य भूमिका दिन नमिल्ने आन्तरिक निर्णय नै गरेको स्रोतको दाबी छ ।
माओबादी केन्द्र भने अध्यक्ष पुष्पकमल दाहाललाई नयाँ पार्टीको अध्यक्ष बनाउनुपर्ने, ओली प्रधानमन्त्री बनेपछि माओबादी केन्द्रको प्रतिनिधि राष्ट्रपति बन्नुपर्ने, प्रदेशको मूख्यमनत्ती लगायतमा आफ्नो पार्टीको ४० प्रतिशत हिस्सा हुनुपर्ने लगायतका दाबी गरिरहेका छन् । एमालेले पछिल्लो समयमा माओबादी केन्द्रका माग पुरा गर्ने सम्भाबना पनि देखिन्छ तर ज्यादै न्यून, नाम नभन्ने शर्तमा नेकपा एमालेका एक केन्द्रीय सदस्यले भने । एमालेले माओबादी केन्द्रसंग सललाहलाई सहमतिमा नबदले पार्टी एकता टुट्न सक्छ, त्यसो भए माओबाद्यी केन्द्र काँग्रेससंग नजिक हुन्छ, र एमाले प्रतिपक्षमा बस्छ, उनले थपे ।
काँग्रेस र माओबादी केन्द्र

अहिलेसम्म नै बिना बिभागीयको रुपमा मन्त्री पदबाट राजीनामा नदिएको माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र काँग्रेस सभापति शेरबहादुर देउवाको सम्बन्ध त्यति बिग्रिएको छैन । नेपाली काँग्रेस र केन्द्रका एक समूहका नेताहरु एमाले ईतरका तलह मिलाएर सरकार बनाउन आन्तिरक रुपमा साम दाम दण्डभेद लगाएर अगाडि बढिरहेका छन् । मंसिर १० र २१ को निर्बाचनपछि आएका मतगणनाका नतिजाहरुमा एमालेले बहुमत ल्याउने आँकलन भएपछि माओबादी केन्द्रलाई एमालेले वास्ता नगरेका कारण समेत माओबादी एमालेसंग टाढा भएको थियो । बिभिन्न कारणहरुले माओबादी केन्द्र काँग्रेसंग मिलेमा केन्द्रलाई फाईदा हुनेमात्र होईन, एमालेलाई समेत बाहीर राखेमा काँग्रेसमात्र नभएर मधेशबादी दलहरुलाई समेत फाईदा हुने हुंदा बाँकी दलहरु सकृय हुन वभाबिक नै हो ।

पुष्पकमल के गर्लान् ?
माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल भर भएका नेता देखिदैनन् । उनले ०६४ सालपछि माओबादीलाई शान्ती प्रकृयामा ल्याउन सबैभन्दा महत्वपूर्ण भूमिका खेलेका तत्कालीन सभापति गिरिजा प्रसाद कोईरालालई राष्ट्रपति बनाउने कुरामा अन्तिममा आएर धोका दिएका थिए । उनले आफ्नो पार्टीका दोस्रो दर्जाका नेता, मोहन बैद्य, नेता बाबुराम भट्टराई, नेत्र बिक्रम चन्द लगायतलाई पार्टी छाड्न बाध्य बनाए । स्थानीय तहको निर्बाचनमा आफ्नी सुपुत्री रेणु दाहाललाई जिताउन काँग्रेसको भरपुर सहयोग लिएका दाहाल त्यभन्दा अगाडि एमाले अध्यक्ष ओलीलाई प्रधानमनत्री बनाउन समेत पछि हटेनन् । उनले समय आउनुभन्दा अगाडि के गर्छन् पत्याउन सकिदैन भन्ने कुरा उनका बिगतका सहमती हेर्दा जान्न सकिन्छ । अध्यक्ष दाहाललाई भरपुर खुसी पार्न एमाले अध्यक्ष ओली पनि सकृय नै छन् । तर दाहाललाई काँग्रेससंग नमिलेमा शान्तीप्रकृयाका मुद्धाले दुःख दिन सक्ने भय समेत छ । दाहालले अन्तर्राष्ट्रिय शक्ती केन्द्रको दबाबलाई समेत नकार्न सक्ने अवश्था देखिदैन, त्यसैले अब दाहाल आफैं प्रधानमनत्ती हुन्छन् वा ओलीलाई बनाउछन् भन्न सकिने अवस्था छैन ।