पु.समाचार

क्याम्पसका लागि तीन रोपनी जग्गा दान

रामपुर, पाल्पा । दर्छा क्याम्पस सञ्चालनका लागि रामपुरका स्थानीयबासीले तीन रोपनी जग्गा दान गरेका छन् ।

रामपुर नगरपालिका–३, रजघरा बस्ने धनकुमारी खनाल, छोरा ईश्वरी खनाल र बुहारी इन्दिरा खनालको परिवारले स्व यदुनाथ खनालको सम्झनामा क्याम्पसका लागि जग्गादान गरेका छन्।

रामपुर नगरपालिका—३ मा रहेको कित्ता नं ९०१ को तीन रोपनी १५ आना शून्य पैसा तीन दाम क्षेत्रफलको जग्गा दर्छा क्याम्पस सञ्चालनका लागि दान गरेको स्व खनालका श्रीमती धनकुमारी खनालले बताईन् ।