मनोरञ्जन

श्रीमान्, श्रीमतीबीच कसरी यौनका विषयमा कुरा गर्ने ? जान्नुहोस्

काठमाण्डौ । यौन रहस्यको विषय होईन तर पनि हाम्रा क्रियाकलाप र पारिवारिक संरचनाले यसलाई रहस्य जस्तो बनाएको छ । किशोरावस्थामा शरीरमा आउने शारीरिक, मनोवैज्ञानिक र मानसिक परिवर्तनले किशोर किशोरी यौनका विषयमा उत्सुक त हुन्छन् नै ।

त्यस्तै कतिपय श्रीमान् श्रीमती पनि एक आपसमा यौनका बारेमा कुराकानी गर्न लजाउँछन् । श्रीमान् र श्रीमतीबीच यौनका बारेमा खुलेर कुरा गर्न सकियो भने यौन स्वास्थ्यप्रति सचेत हुन सकिन्छ । तर यौनका बारेमा खुलेर कुरा गर्नुपर्छ भन्दैमा जुन सुकै समयमा यस्ता विषयमा कुराकानी गरे त्यसले सकारात्मक भन्दा नकरात्मक सोच र असर गर्ने यौन विज्ञहरुको मत छ ।

आज हामी तपाईंहरुलाई श्रीमान् र श्रीमती बीच यौनको बारेमा कुरा गर्दा कस्तो समय र कसरी कुरा गर्दा सबै भन्दा उपयुक्त हुन्छ र कुन समयमा हानिकारक हुन्छ भन्ने बिषयमा जानकारी गराउँछौं ।

कुन समय कसरी कुरा गर्ने त ?

  • दिनभरीको काम, तनाव र थकाई सकेर फ्रेस भई श्रीमान् र श्रीमतीसँगै बेडमा जानुअघि कुरा घुमाई फिराई हतार नगरी अनेक बहाना बनाएर कुरा शुरुवात नगर्नुस् ।
  • यस्तो ठाँउ रोज्नुस् ताकी कसैले अवरोध नपुर्याओस् र अफ्ठ्यारो महशुस नहोस् ।
  • मोबाइल, टीभी वा गीत बजाउन बन्द भएको समयमा ।
  • आफुले बताउन चाहेको कुरा सुन्ने मुड छ की छैन विचार गर्नुस ।
  • उपयुक्त समयको खोजीगर्दै हुनुहुन्छ भने पहिल्यै कौतुहुलताको सिर्जना गरी सहमत गराउनुस् । जस्तो एउटा कुरा भन्नु थियो ।

खराब समय

यौन क्रियाकलाप पछि दुकै जनातनाव र थकित वा द्वुविधाको अवस्थामा जब कुनै कुराले दुबै जना आश्चर्य भएको समयमा तपाईंले मद्यपान सेवन गरेको वा कुनै कुराले ठाकठुक परेको समयमा जब तपाँईलाई यस बिषय प्रति अनावश्यक ठान्नुहुन्छ ।