राजनीति

ब्याटिङ गर्दै सुवास नेम्वाङले भनेः अब खेलकुद क्षेत्रमा विकास गरिन्छ

काठमाण्डौ । नेकपा (एमाले)का नेता सुवास नेम्वाङले वाम गठबन्धनको सरकार बनेपछि खेलकुद क्षेत्रमा विकास गरिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

मदन भण्डारी स्पोर्टस एकेडेमीको नवौँ स्थापना दिवसका अवसरमा आज मदन भण्डारी क्रिकेट एकेडेमीको शुभारम्भ समारोहमा उनले राष्ट्रलाई विश्वसामु चिनाउने खेल क्षेत्रको विकास गर्नुपर्छ, जनस्तरबाट भएका पहलमा सहयोग पु¥याउनुपर्छ भने ।

नेता नेम्वाङले मदन भण्डारी क्रिकेट एकेडेमीको तीन पटक ब्याटिङ गरेर खेलको शुभारम्भ गरेका थिए । सो एकेडेमीमा नेता नेम्वाङ पहिलो खेलाडी भएको घोषणा गर्दै क्रिकेट पोशाकसमेत एकेडेमीका अध्यक्ष विनोद श्रेष्ठले क्रिकेट खेलको विकास गर्ने उद्देश्यका साथ एकेडेमीको शुरुआत गरिएको बताए ।

सो अवसरमा हेल्पिङ ह्याण्ड अस्पतालका अध्यक्ष गुप्तबहादुर श्रेष्ठ र एकेडेमीका अध्यक्ष श्रेष्ठले स्वास्थ्यसम्बन्धी सम्झौता गरे । सम्झौतानुसार खेलाडीलाई उक्त अस्पतालमा उपचार गर्दा ५० प्रतिशत छुट दिइने छ । कार्यक्रममा क्रिकेट खेलाडीलाई सम्मान गर्नाका साथै विभिन्न सांस्कृतिक प्रस्तुति दिइएको थियो ।