आर्थिक

आइएमई ग्रुपका अध्यक्षद्वारा बागलुङ महोत्सवलाई सम्बोधन

काठमाण्डौ । आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले ‘बागलुङ महोत्सव–२०७४’लाई बागलुङमा सम्बोधन गरेका छन् । ‘कला संस्कृतिको संरक्षण, कृषि, पर्यटन, उद्योग तथाव्यापारको प्रवद्र्घन’भन्ने मूलनाराका साथआयोजनागरिएको प्रदेश नम्बर ४ स्तरीय कृषि, पर्यटन, औधोगिकव्यापार मेला महोत्सवलाई आइएमई ग्रुपले सह–प्रायोजन समेत गरेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले बागलुङमा धेरै पहिलादेखि नै रेमिटेन्स भित्रिंदै आएको र त्यहि रेमिटेन्सले आम बागलुङ्वासीको क्रय शक्ति पनि बढाएको प्रसङ्ग उल्लेख गरे । यसरी प्राप्त हुँदै आएको रेमिटेन्सलाई उत्पादनशील क्षेत्रमा आकर्षित गर्न हामी सबैको प्रयास आवश्यक पर्ने भन्दै सबै चरणका निर्वाचन पनि सम्पन्न भइसकेको र नेपालको सबै राजनीतिक नेतृत्व पनि आर्थिक विकासका मुद्दामा केन्द्रीत रहेकाले अवमुलुकको आर्थिक विकासले गतिलिने अपेक्षा अध्यक्ष ढकालले गरे ।

पर्यटन, लघुजलविद्युत र कृषि जस्ता क्षेत्रमाबागलुङको अत्यन्तै सम्भावना भएकाले आफु र आफु सम्बद्ध संस्थाहरु बागलुङको आर्थिक विकासमा सबैसँग सहकार्य गरि अगाडी बढ्न तयार रहेको जानकारी दिए ।

गैर आवासीय नेपाली संघका अध्यक्ष भवन भट्टले उद्घाटन गरेको उक्तमहोत्सवको उद्घाटन सत्रलाई देबेन्द्र पौडेल र डा. सूर्य पाठक लागायत स्थानीय उधोगी ब्यवसायी र राजनीतिक दलका प्रतिनिधिहरुले सम्बोधन गरेका थिए ।

विक्रम सम्बत् २०६४ मा स्थापित आइएमई ग्रुप व्यवसायीक संस्था हो । यसले रेमिटेन्स, बैंक तथा वित्तीय संस्था, इन्स्युरेन्स, पर्यटन, जलविधुत, अटोमोबाइल, सूचना–प्रविधि, ट्राभल्स एण्ड टुर्स र ब्यापारका अन्यक्षेत्रमा लगानी विस्तार गर्दै आइरहेको छ ।