प्रवास

युएईमा एक नेपालीले गरे झुण्डिएर आत्महत्या

काठमाण्डौ । रोजगारीका लागि युएई पुगेका एक नेपालीले आत्महत्या गरेका छन् । युएईको सारजाह अबुशगारामा रहेको हबात अल अरुज रेस्टुरेन्टमा कार्यरत अर्घाखाँची सन्धिखर्कका ३५ बर्षिय नारायणप्रसाद भुषालले आइतबार बिहान आत्महत्या गरेका हुन् ।

८ महिना पहिले युएई आएका उनी सिनियर कुकको रुपमा कार्यरत थिए । काम गर्ने ठाउँ नजिकै कम्पनीको कोठामा बस्ने उनले बिहान अन्य कामदारलाई काममा पठाएर झुण्डिएर आत्महत्या गरेका हुन् ।

घटना लगत्तै कम्पनीले प्रशासनलाई खबर गरेको र अहिले थप अनुसन्धान भईरहेको अर्घाखाँची सम्पर्क समिति युएईका अध्यक्ष राजु खड्काले बताए ।