राजनीति

सहरी विकास मन्त्रालयको जिम्मेवारी कमल थापालाई

काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाले सहरी विकास मन्त्री दिलनाथ गिरीलाई बर्खास्त गरेका छन् । आफूखुसी सचिव परिवर्तन गर्न लागेको भन्दै राप्रपाले मन्त्री पदबाट फिर्ता बोलाएपछि प्रधानमन्त्रीले गिरीलाई हटाएका हुन् ।

सहरी विकास मन्त्रालयको जिम्मा राप्रपा अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री कमल थापालाई दिइएको छ ।