आर्थिक

सनइज बैंकको लुभु शाखा अब महालक्ष्मी नगरपालिकामा

काठमाण्डौ । सनइज बैंकले लुभु शाखालाई ललितपुर जिल्ला, महालक्ष्मी नगरपालिका वडा नं. ८ मा स्थानान्तरण गरेकोे छ ।

आईतबार एक कार्यक्रमकाबीच महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठ तथा बैंकका सञ्चालक ओम कृष्ण जोशीले संयुक्त रुपमा लुभु शाखाको उद्घाटन गरे । उक्त अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत श्री रत्नराज बज्राचार्य लगाएत उच्च पदाधिकारीहरुको समेत उपस्थिती रहेको थियो ।

बैंकले छिटो, सुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा ग्राहकहरू समक्ष पु¥याउने उद्देश्यले पायक पर्ने ठाँउमा उक्त शाखा स्थानान्तरण गरेको हो । नयाँ स्थानमा स्थानान्तरण संगै उक्त शाखाबाट ग्राहकहरुलाई लकर सेवा समेत उपलब्ध गराइएको छ ।

हाल सनइज बैंकले मुलुकभर आफ्नो ७१ वटा शाखा, ९० वटा एटिएम, १७ वटा शाखारहित बैंकिङ्ख सेवा र ३ वटा एक्सटेन्सन काउण्टरद्धारा आधुनिक एंव सर्वसुलभ बैकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । साथै मर्चेन्ट बैकिङ्ग तथा ईन्भेष्टमेन्ट बैकिङ्ग कार्य गर्नका लागि बैंकको सहायक कम्पनी सनइज क्यापिटल रहेको छ ।