राजनीति

छिट्टै राष्ट्रियसभाको चुनावको मिति तोकिन्छः रक्षामन्त्री प्रधान

काठमाण्डौ । रक्षामन्त्री भीमसेनदास प्रधानले राष्ट्रियसभाको चुनावपछि मात्र सत्ता हस्तान्तरण हुने बताएका छन् ।

सोमबार राजधानीमा भएको एक कार्यक्रममा मन्त्री प्रधानले संविधानले गरेको व्यवस्था अनुसार नै राष्ट्रियसभाको चुनावपछि मात्र संघीय संसदले पूर्णता पाउने भएकाले त्यसपछि अघि नै सरकार छोड्न नमिल्ने बताए । उनले सरकारले निर्वाचन आयोगसँग परामर्श गरिरहेको र छिट्टै राष्ट्रियसभाको चुनावको मिति तोकिने पनि बताए ।