प्रवास

स्याङ्जा सहयोग समाज यूएईमा बनभोज कार्यक्रम सम्पन्न

यूएर्इ । स्याङ्जा सहयोग समाज यूएईले बिगत वर्ष जस्तै यस वर्ष पनि बृहत् रुपमा बनभोज कार्यक्रम सम्पन्न गरेको छ।

शुक्रबार फुजेराहको मसाफिमा गरिएको उक्त वनभोज कार्यक्रममा करिब ४५० जनाले उपस्थिति रहेको थियो ।
उक्त वनभोजमा नाचगानका साथमा मनोरञ्जनात्मक कार्यक्रमहरु आयोजना गरिएका थिए । बिशुद्ध नेपाली खानाको स्वादको साथमा नाचगान गरेर

यूएईमा बिभिन्न समयमा अगाडि बढ्दै गरेको समाजले पछिल्लो समयमा देउसीभैलो र तीज सांस्कृतिक कार्यक्रममा पनि धेरै जना दर्शक श्रोताको मन जित्न सफल भएको थियो ।

सोचे भन्दा धेरै दर्शक हरुको चापलाई थाम्न गाह्रो भएको तथा गाडिको ब्यवस्थापन मा समेत गाह्रो भएको भए पनि गएका बर्षमा भन्दा दोब्बर आम दर्शकको आगमनले फुजेराहको मसाफी नेपालीमय भएको बताउँछन् संस्थाका अध्यक्ष खगेन्द्र गैह्रे ।

गएका वर्षमा भन्दा राम्रा र स्तरिय लक्जरी बसहरु रेन्टमा लिएर बनभोज खान जाने सम्पूर्ण नेपाली दाजुभाइ दिदिबहिनीहरुलाई सुबिधा दिइएको थियो ।

करिब ३०० जनाको उपस्थित रहने अनुमान गरिएको उक्त बनभोज मा ४०० भन्दा माथी को जनमास उर्लदा मसाफी को चेहरा नै फरक देखिएको थियो ।

आगामी दिनमा पनि बिभिन्न किसिमका कार्यक्रमहरु गर्दै अरु संघसंस्थाहरुसँग हातेमालो गर्दै अगाडि बढ्ने बताउँदै संस्थामा जम्मा भएको रकम यूएई तथा नेपालमा आइपरेका समस्यालाई सहयोग गर्दै आइरहेको तथा आगामी दिनमा पनि सहयोग गर्न पछि नपर्ने समाजका महासचिव ओमकार पोख्रेल बताउँछन् ।