अन्तर्राष्ट्रिय

प्रधानमन्त्रीको अनपेक्षित राजीनामापछि मालीमा नयाँ सरकार गठन

बामाको, माली । मालीमा राष्ट्रपतीय निर्वाचनको तयारी हुँदै गर्दा राष्ट्रपति इब्राहिम बोउबाकर केइटाले पूरानो मन्त्रीमण्डलका ३६ सदस्यसहित नयाँ सरकारको घोषणा गरेका छन् । मन्त्रीमण्डलले छ नयाँ अनुहार पाएको बताइएको छ ।
इश्लामिक जिहादी समूहको तर्फबाट खतरा महशुस गरेका केइटाले प्रधानमन्त्रीमा आफू निकट व्यक्तिलाई ल्याएका बताइएको छ । नयाँ प्रधानमन्त्रीमा सुमेलोउ बाउबेय माइगा चयन गरिएको छ । उनले रक्षामन्त्री रहेको समय सन् २०१४ मा मालीको सेनाले जिहादी विद्रोहीसँग नराम्रो पराजय ब्यहोरेपछि पदबाट राजिनामा दिएका थिए ।
आइतबार घोषणा भएको मन्त्रीमण्डलमा व्यापक हेरफेर भएको बताइएको छ ।
मालीका प्रधानमन्त्रीबाट सुमेलोउ बाउबेय माइगाले गत शुक्रबार अनपेक्षित रूपमा राजिनामा दिएका थिए । केही महिनापछि राष्ट्रपतिको निर्वाचन हुने तयारी भइरहेका समय प्रधानमन्त्री माइगाले कुनै कारण नखुलाई राजिनामा दिएका थिए ।