राजनीति

सात युवा नेताहरुको दबाबले यसरी हल्लिदैछ काँग्रेस हेड्क्वाटर !

काठमाण्डौ । मंसिर १० र २१ गतेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्बाचनमा नेपाली काँग्रेसको पक्षमा परिणाम नआएपछि आान्तरिक बहसमा जुटेका नेपाली काँग्रेसका युवा नेताहरुले पार्टी नेतृत्वलाई तत्काल माहासमिति बैैठक र केन्द्रीय कार्यसमिति बैठक बोलाउन माग गरेका छन् ।
आईतबार अंग्रेजी नयाँबर्षको पुर्ब सन्ध्या समेत पारेर बीपी कोईरालाको मेलमिलाम दिबशको अवशर पारेर नेपाली काँग्रेसका केन्द्रीय सदस्य समेत रहेका ७ जना युवा नेताहरुले हस्ताक्ष्र गरि उक्त माग गरेका हुन् ।

गुल्मीबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य चन्द्र भण्डारी, स्याङजाबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य धनराज गुरुङ, झापाबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य विश्वप्रकाश शर्मा, मोरङबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य गुरुराज घिमिरे, काठमाण्डौबाट प्रतिनिधित्व गर्ने प्रभाबशाली केन्द्रीय सदस्य गगन कुमार थापा, तनहुंबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य प्रदीप पौडेल र बाजुराबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य बद्री पाण्डेले हस्ताक्षर गरेको उक्त माग पत्र पढेपछि नेतृत्व हच्किएको नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा स्रोतले सुर्यखबरलाई बताउछ ।

स्थानीय तहको निर्बाचनमा माओबादी केन्द्रसंग तालमेल गरेपनि काँग्रेसको नतिजा राम्रो नआएपनि त्यसको पार्टीले आन्तरिक रुपमा असन्तुष्टी समेत जनाएन, त्यस लगत्तै भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्बाचनमा लाजमर्दो तरिकाले पार्टीले हारेपछि पार्टीका युवा नेताहरु सकृय हुन लागेको देखिएको छ । हस्ताक्षर गर्ने युवाहरुमा निर्बाचन जितेका युवा गगन कुमार थापा मात्र छन्, धनराज गुरुङ, बद्री पाण्डे र गुरुराज घिमिरेले टिकट पाएका थिएनन् ।

यसवा नेताहरुको भाबना भने काँग्रेसका लागि सह्रानीय भएको कार्यकर्ताहरुको टिप्पणी छ, उनीहले आफूहरु ब्लिएर पार्टीलाई बलियो बनाउन आपसी द्वेस, गुटगत भाबना, चाकरी चाप्लुसी भन्दा माथी उठेर आधुनिक काँग्रेसको आधारसिला खडा गर्न लागि पर्ने बताउछौं भनेका छन् ।

निर्बाचनअघिसम्म गगन कुमार थापा र प्रदीप पौडेल कृष्णप्रसाद सिटौला समूह, गुरुङ, पाण्डे, घिमिरे प्रडेल त भण्डारी र शर्मा पछिललो समयमा कोईराला क्याम्प परिवर्तन गरि देउवा क्याम्पमा प्रबेश गरेका थिए ।

उनीहरुको माग जायज भएके नेतृत्वले महशुस गरेपनि त्यति सहजै नेतृत्व गल्ने कुरामा भने कार्यकर्ताहरु विश्वश्त देखिदैनन्, पछिल्लो चुनावमा रामचन्द्र पौडेल र कृष्ण प्रसाद सिटौलाले समेत निर्बाचनमा पराजय भोगेका तीनवटै गुट मं कुटेजस्तो गर्छु तं रोएजस्तो गर भन्ने बाहेक केहि हुने देखिदैन, यद्यपी नेतृत्वमा कुनै नया तरिकाले पार्टी सुदृढीकरण गननुपर्छ भन्ने भाबना भने जागृत गराएको छ, एक केन्द्रीय सदस्यले भने, उनका अनुसार ७ जनै वुवाहरुलाई काँग्रेस कार्यकर्ताहरुले नेतृत्व मान्न नसक्ने अवस्था पनि छ देखिदैन नि काँग्रेसमा, होईन र ?

तर काँग्रेसको हेड्क्वाटर युवा नेताहरुको भाबना बिपरीत जाने अवस्था पनि देखिदैन, उनले थपे ।

हस्तलिखित हस्ताक्षरमा यस्तो भनिएको छ :