आर्थिक

एनआईसी एभरेष्ट प्रिमियर लिग टी–२०को बिजेता

काठमाडौं । निजीक्षेत्रबाट आयोजनाभएका खेलमा सबैभन्दा ठूलो पुरस्कार राशीभएको मानिएको “एभरेष्ट प्रिमियर लिग टी–२०”क्रिकेट प्रतियोगिता (ईपीएल)को उपाधि एनआईसी एशिया बैंकले मुख्य प्रायोजन गरेको विराटनगर वारियर्सले हातपार्न सफलभएको छ ।

विराटनगरले जितसँगै ट्रफी र नगद रू. २१ लाख पुरस्कार प्राप्त गरेको छ । साथै, उक्त प्रतियोगिताको म्यानअफदिसिरिजको पुरस्कारसमेत सर्वाधिक रन बनाउन सफल विराटनगर वारियर्सकै बाबर हायातले हातपारेका छन् ।

उतm प्रतियोगिता अवधिभर बनेको कुल १४ अर्धशतकमा बाबरले ७ खेलमा ३ अर्धशतक प्रहार गर्दै कुल ३ सय १३ रन बनाएका थिए ।
कीर्तिपुरस्थितत्रि.वि.क्रिकेट मैदानमा पुस ३ गते देखि सञ्चालन भई शनिबार उपाधिकालागि भएको विराटनगर वारियर्स र भैरहवा ग्लाडियटर्स बीचको फाईनल खेलमा विराटनगर वारियर्सले १ रनको रोमाञ्चक जितहात पारी उपाधि कब्जागर्न सफल भएको हो ।
एनआईसी एशिया बैंकले स्थानीय खेलाडीहरुलाई अवसर प्रदान गर्न तथा खेलकुद क्षेत्रबाट पनि देशका लागि महत्वपूर्ण योगदान पुगोस् भन्ने उद्देश्यले यस पटक विराटनगर वारियर्सका लागि मुख्य प्रायोजन गरेको जानकारी दिएको छ । नेपालको खेल क्षेत्रको विकाशका लागी योमुख्य प्रायोजन एक उदाहरणीय कदमभएको, साथै बैंकले खेल क्षेत्रमा अझ उल्लेखनिय योगदानगर्दै अगाडी बढने लक्ष्य लिएको छ ।
आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत, स्वास्थ्य, शिक्षा, वातावरण, समाजमा पिछडिएका, गरीब, असहाय, उत्पीडित वर्ग र जनतालाई सहयोग पु¥याउन छात्रवृत्ति, अनाथाश्रम तथा वृद्धाश्रमलाई आर्थिक सहयोग, दुर्गम र पिछडिएको क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालनजस्ता महत्वपूर्ण कार्यक्रमहरु गर्दै आइरहेको बैंकले जानकारीे दिएको छ ।
साथै, दैवी प्रकोपबाट प्रभावित जनतालाई राहत वितरण, ऐतिहासिक एवम् सांस्कृति कमहत्वका मठमन्दिरको जीर्णोद्धार, ग्रामीण बाटो निर्माण एवम् पूर्वाधार निर्माणजस्ता कार्यमा उदाहरणीय रूपमा सहयोग गरेको छ ।